नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय उदयपुर
उदयपुर

हाम्रो बारेमा

१. जिल्लाको परिचय :

  • पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित,
  • हालको संघीय संरचना अन्तरगत प्रदेश नं. १ मा पर्ने, निर्वाचन क्षेत्र-२ (प्रतिनीधि सभा)
  • विश्व मानचित्रमा २६ ३९' देखि २७ १' १०'' उत्तरी अक्षांश र ८६ ०' ९'' देखि ८७ १' ०''  पूर्वी देशान्तरमा अवस्थित / क्षेत्रफल २०६३ वर्ग कि.मी.
  • भु-बनोट : पहाड, बेशी, टार र तराई
  • उत्तरमा भोजपुर, खोटाङ्ग, अोखलढुङ्गा, धनकुटा, दक्षिणमा सिरहा र सप्तरी, पूर्वमा सुनसरी जिल्ला र पश्चिममा सिन्धुली र धनुषा गरी ९ जिल्लासँग सिमाना जोडिएको,
  • समुद्र सतहबाट ३६० मिटर देखि बढीमा २,३१० मिटर उचाई रहेको,
  • ४ न.पा. र ४ गाउँपालिकाहरु रहेका छन् । ( त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका, सुनकोशी, ताप्ली, उदयपुरगढी र रौता गाउँपालिका)
  • प्रमुख स्थानहरु : चौदण्डीगढी, उदयपुरगढी, रौता पोखरी, ताप्ली पोखरी
  • कृषि योग्य भूमि,
  • कृषि क्षेत्र : ५२३९४.४ हेक्टर
  • मुख्यवाली : धान, मकै, गहुँ, अालु
  • नदीहरु : त्रियुगा, वैधनाथ, तावा, कमला

२‍. कार्यालयको स्थापना: यस कार्यालयको स्थापना २०३४ सालबाट भएकाे हो । कार्यालयको नाममा ०-८-१० जग्गा रहेको । अाफ्नै भूमिमा अवस्थित २१/२ तले १८ कोठाको भवन ।

३. कार्यक्षेत्र : साबिक ३० गा.वि.स.को कार्य यस कार्यालयबाट हुने र बाँकी १६ गा.वि.स.को कार्य मालपोत कार्यालय कटारीबाट सम्पादन हुने ।

४. नापी : यस जिल्लाको नाप नक्शा २०२९ सालमा भएको ।

५‍. तामेली : २००४ साल देखिको तामेली श्रेस्ता रहेको ।

 

 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)